नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ मंसिर ।
मृत अवस्थामा देशका विभिन्न स्थानबाट पाँच जना फेला परेका छन् । पर्वत, मोदी गाउँपालिका-३ स्थित घईते जंगलमा कुश्मा नगरपालिका-४ बस्ने ७६ वर्षीय पदम बहादुर विश्वकर्मा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै धनुषा, बिदेह नगरपालिका-५ मुडिया बस्ने ४० वर्षीया रामप्यारी देवी ठाकुर शहिदनगर नगरपालिका-६ हठिपुर गाउँस्थित धान खेतमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् । यस्तै कैलाली, गोदावरी नगरपालिका-१ धनगढी रोडस्थित वनदेवी जंगलको छेउमा सोही नगरपालिका-४ बसन्तपुर बस्ने ३५ वर्षीय तेज रैकाल बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यता चितवन, भरतपुर महानगरपालिका-८ गौरीगंजस्थित राष्ट्रिय निकुञ्जको जंगलभित्र सोही महानगरपालिका-७ बस्ने ५० वर्षीया महाकाली दाहाल बुधबार मृत अवस्थामा फेला परेकी छिन् । उता दार्चुला, शैल्यशिखर नगरपालिका-५ लेकगाउँ बस्ने ३९ वर्षीया दुर्गा रावल सोही ठाउँस्थित साउनलोटे भिरतल मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।