मृत अवस्थामा दुई जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा दुई जना फेला परेका छन् । नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-२ हाटबजार बस्ने ६५ वर्षीया मिथिली यादव आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।

त्यस्तै डोटी, आदर्श गाउँपालिका-६ गिरीचोकस्थित सेती नदीको किनारमा बैतडी शिगास गाउँपालिका-६ सिगाडा बस्ने ७० वर्षीय प्रेम बहादुर रोकाया बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार