नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ मंसिर ।


देशका विभिन्न स्थानबाट मृत अवस्थामा तीन जना फेला परेका छन् । पाँचथर, फिदिम नगरपालिका-५ जौबारी बस्ने ३२ वर्षीय राम कुमार तुम्रुक आफ्नै घर नजिक सुनाखरी भिरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै रूपन्देही, मर्चवारी गाउँपालिका-१ मनौरा (कदमाहवा) बस्ने ४५ वर्षीय जकु केवाट आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेका छ्न् । यस्तै म्याग्दी, बेनी नगरपालिका-२ फापरखेत बस्ने गोबिन्द शर्माको छोरा १३ वर्षीय गणेश शर्मा फापरखेतदेखि बागलुङ नगरपालिका-५ मालिका जोड्ने झोलुङ्गे पुलमुनी शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


