नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ मंसिर ।


सुनसरी, देवानगंज गाउँपालिका-२ र हरिनगर गाउँपालिका-७ को सिमानास्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १२ किलोग्राम शनिबार राति प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार दुई जना अपरिचित व्यक्तिहरूले जेब्रा झोला फाली फरार भएपश्चात झोला तलासी गर्दा उक्त गाँजा फेला पारी प्रहरीले बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


