२९ स्वर्णसहित लालीगुराँस लगातार विजेता

तारकेश्वर १० अवस्थित लालीगुराँस नेसनल एकेडेमीले तेस्रो मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगितामा २९ स्वर्ण, ६ रजत र ११ कास्य पदकसहित टिम च्याम्पियनको उपाधि प्राप्त गरेको छ ।

लालीगुराँसले गत वर्ष पनि च्याम्पियनको उपाधि जित्न सफल भएको थियो । टिम च्याम्पियन हुन् सफल लालीगुराँस नेशनल एकेडेमीले १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।



हिमरश्मि १३ स्वर्ण, २६ रजत र १४ कास्यसहित टिममा दोस्रो भयो । पहिलो संस्करणको च्याम्पियन हिमरश्मि गतवर्ष संस्करणमा पनि उपविजेता भएको थियो ।

शिल्ड

दोस्रो स्थान कायम गर्न सफल हिमरश्मिले भने ६० हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

तेस्रो भएको किन्डर गार्डेनले ८ स्वर्ण, ३ रजत र १ कास्य पदक जितेको छ । किन्डर गार्टेनले ४० हजार नगदसहित ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ ।

चौंथो स्थानमा रहेको मानसिंह धर्म माविले ५ स्वर्ण, ६ रजत र ३ कास्य पदक जितेको छ। मानसिंहले २० हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

तारकेश्वर नगरपालिकाद्वारा आयोजित प्रतियोगिता “खेल तारकेश्वरको, सन्देश एकताको” भन्ने नारासहित मंसिर १८ गतेदेखि तारकेश्वर ८ को पिपलडाँडा खेलमैदानमा सुरु भएको तेस्रो तारकेश्वर मेयर रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।

यसपटकको प्रतियोगितामा ८ विधामा सामुदायिक र संस्थागत गरी ५३ विद्यालयका तीन हजार चार सय ५४ खेलाडीहरु सहभागि भएको कार्यक्रम संयोजक राजेन्द्रप्रसाद तिमल्सिनाले बताए ।

विजेताहरुलाई तार्केश्वर नगरपालिका मेयर कृष्णहरि महर्जन, तिलागुफा नगरपालिकाका मेयर शंकरप्रसाद उपाध्याय, भानु नगरपालिकाका मेयर आनन्दराज त्रिपाठीले नगरपालिकाको हलमा आयोजित एक औपचारिक कार्यक्रमका बीच पुरस्कृत गरेका थिए ।

सम्बन्धित समाचार