सीतल आचार्य
काठमाडौं, ८ पुस ।
कलाकार, मोडेल तथा नृत्य निर्देशक प्रमिला रिजाल South Asian Regional Countries Brilliance Award and Cultural Submit 2024 बाट सम्मानित भएकी छन् । रिजाल विगत डेढ दसकदेखि कलाकारिता क्षेत्रमा क्रियाशील रहँदै आएकी छन् ।
कार्यक्रमकी प्रमुख अतिथि पूर्वउपसभामुख इन्दिरा राना मगरले विभिन्न पेशामा आबद्ध दक्षिण एसियाली राष्ट्रका दिग्गज व्यक्तित्वहरूलाई सम्मान गर्न पाउँदा आफूलाई गर्व लागेको बताइन् । पूर्वउपसभामुखले कलाकार रिजाललाई अवार्ड प्रदान गर्दैगर्दा उनको मुक्त कण्ठले प्रशंसा पनि गरेकी थिइन् ।
एभरेष्ट नेपाल कल्चरल ग्रुपमा आबद्ध रिजाल आफ्नो प्रस्तुति दिन अमेरिकाबाट आफ्नो यात्रा प्रारम्भ गरेकी रिजालले पोल्यान्ड, स्पेन, पोर्तुगल, ग्रीक, नोर्वे, इस्टोनी, फ्रान्स, बेल्जियम, नेदरल्याण्डस्, जर्मनी, टर्कीलगायत विश्वका २० भन्दा बढी देशहरुमा आफ्नो कला प्रस्तुत गरिसकेकी छन् ।
वल्ड बुक्स अफ स्टार रेकर्डको आयोजनामा भएको यस अवार्ड कार्यक्रममा दक्षिण एसियाली राष्ट्रका सम्मानित व्यक्तिहरूको पनि गरिमामय उपस्थित रहेको थियो ।
वल्ड बुक्स अफ स्टार रेकर्डका संस्थाका संस्थापक निर्देशक डा. राजिब पलले कलाकारिताको माध्यमबाट समाजमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै प्रमिला रिजाललगायत विभिन्न पेशामा आबद्ध विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गर्न पाउदा आफूूलाई गौरव महसुस भएको बताए ।
कार्यक्रम काठमाडौंस्थित नेपाल भारत मैत्री पशुपती धर्मशालामा भएको थियो ।