नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ पुस ।
नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले मधेस प्रदेशका आठ वटै जिल्लामा चार दिनसम्म ‘ट्रफी परेड’ आयोजना गर्ने भएको छ ।
बिहीबार राति जनकपुरधाम पुगेको टोलीले आजदेखि ट्रफी परेड सुरु गर्ने भएको जनकपुर बोल्ट्सले जनाएको छ । रामजानकी मन्दिरबाट सुरु हुने ट्रफी परेड सोमबार सप्तरीको राजविराज पुगेर पूरा हुने जनाइएको छ ।
जनकपुर बोल्ट्सका अनुसार पहिलो दिन भोलि धनुषाको रामजानकी मन्दिरबाट ट्रफी परेड सुरु हुनेछ । शुक्रबार रामजानकी मन्दिरबाट सुरु हुने परेड रामानन्द चोक, पिडारी चोक, भानु चोक, जिरो माइल हुँदै रामजानकी क्रिकेट मैदानमा पुगेर समापन हुने जनाइएको छ ।
दोस्रो दिन महोत्तरी, सप्तरी र रौतहट जिल्लामा पुग्ने कार्यक्रम छ भने तेस्रो दिन बारा र पर्सामा परेड आयोजना गरिने जनाइएको छ । बोल्ट्सका अनुसार चौथो दिन सिरहा र सप्तरीमा कार्यक्रम आयोजना गरी ट्रफी परेड पूरा हुनेछ कार्यतालिका छ ।
जनकपुरले सुदूरपश्चिम रोयल्सलाई फाइनलमा पाँच विकेटले पराजित गर्दै उपाधि चुमेको हो । जनकपुरले ट्रफीसहित रु एक करोड १० लाख पुरस्कार प्राप्त गरेको थियो ।