बालेनले तीनकुने जग्गाको मुआब्जा सरकारले तत्काल दिनुपर्ने माग गरेपछि…

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सरकारले तीनकुनेको जग्गाको मुआब्जा सरकारले तत्काल दिनुपर्ने माग गर्नु भएको छ ।

कोटेश्वर महोत्सवलाई शुक्रबार सम्बोधन गर्दै मेयर शाहले तीनकुनेको जग्गाको मुआब्जाका लागि सरकारले कुनै प्रकिया नगरेको भन्दै दुई तिहाइको सरकार हुँदा पनि मुआब्जा विवाद समाधान नभए कहिल्यै नहुने बत्त उनुभयो ।

उहाँले भन्नुभयो, ‘जग्गाधनीलाई विशेष धन्यवाद । पचासौँ वर्षदेखि मुआब्जा पाउनुभएको छैन । कमजोर सरकार हुँदा अपोजिसनले मान्छ कि मान्दैन भन्ने हुन्थ्यो । यसपालि दुई तिहाइको सरकार छ र पनि केही गरेकै छैन’, उहाँले भन्नुभयो, ‘व्यक्तिको जग्गा लुटेर राखिएको स्थान हो यो । मुआब्जा दिन चाँडै प्रक्रिया होस् भन्ने शुभकामना मात्रै दिन सकिन्छ ।’

मेयर शाहले प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री मात्रै नभई स्थानीय सरकारको नेतृत्व गरिरहेको दल पनि सरकारमा हुँदा मुआब्जा विवाद समाधान नभए कहिल्यै पनि नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘गृहमन्त्री आफ्नै, प्रधानमन्त्री आफ्नै, अर्थमन्त्री आफ्नै, पैसा आफ्नै स्रोतसाधन आफ्नै । हाम्रो त अझ वडा समिति पनि त्यही सरकारको हो,’ अहिले पनि काम भएन भने कहिल्यै हुँदैन ।’

सम्बन्धित समाचार