नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ पुस ।
दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब १८१ जना सवार एक विमान दुर्घटना भएको छ । आइतबार बैंकक फर्किरहेको गरेको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको हो ।
विमानमा सवार १८१ जनामध्ये २८ जनाको दुर्घटनामा ज्यान गएको योनहाप समाचार एजेन्सीले उल्लेख गरेको छ । विमान धावनमार्गबाट चिप्लिएर विमानस्थलको पर्खालमा ठोक्किएको जनाइएको छ ।
विमानमा १७५ यात्रु र ६ चालक दलका सदस्य रहेका थिए । विमान मुआन विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो । विमान दुर्घटना स्थानीय समय अनुसार बिहान ९:०७ बजे दक्षिण कोरियाको दक्षिण जेओलामा रहेको दक्षिण पश्चिम तटीय विमानस्थलमा भएको थियो ।