नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ पुस ।
आइतबार बैंककबाट आउँदै गरेको जेजु एयरको बोइङ–७३७ विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ । कोरिया टाइम्सका अनुसार दुर्घटनामा परी १८१ जनामध्ये ८५ जनाको शव निकालिएको छ भने दुई जनाको जीवितै उद्धार गरिएको छ ।
यसबाहेक अन्य ९४ यात्रुको मृत्यु भएको आशंका गरिएको छ । समाचार एजेन्सी योनहापका अनुसार विमानस्थलमा अवतरण गर्ने क्रममा विमानको ल्यान्डिङ गियरमा समस्या देखिएको थियो । जसका कारण विमान ल्यान्डिङ गियर बिना नै अवतरण गर्नुपरेको थियो ।
अवतरणपछि विमान धावनमार्गमा चिप्लिएर विमानस्थलको बारसँग ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो । एजेन्सीका अनुसार विमानमा चालक दलका ६ सदस्य र १७५ यात्रु सवार थिए ।
दुर्घटना भारतीय समय अनुसार बिहान (स्थनीय समय अनुसार ९:०७मा भएको थियो । समाचार अनुसार विमानस्थलमा हुने सबै स्थानीय तथा अन्तर्राष्ट्रिय उडानहरु रद्द गरिएको छ । दुर्घटनाको अनुसन्धान थालिएको यातायात मन्त्रालयले जनाएको छ ।