गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्वजनिक (भिडियो)

गायक अर्जुन गुरुङ र गायिका लक्ष्मी परियारको स्वरमा ‘पिरतीको डोरी ’ सार्वजनिक भएको छ ।

आफनी प्रेमीकालाई गायकले आफनो निस्वार्थ प्रेममा कुनै शंका नगर्नको लागी आग्रह गरेका छन । भावनात्मकरुपमा प्रेमको सम्वन्ध कालान्तर सम्म जिवित हुने कुरामा गायकले गायिकालाई विश्वास्त पार्न खोजिएको छ ।



अर्जुन गुरुङको शब्द तथा लय सिर्जनामा रहेको गीतमा प्रेमील भावहरु भेटन सकिन्छ । उत्तम हुमागाईँको छायाँकन , राजेन्द्र पुरी र अर्जुन थापाको सम्पादन रहेको गीतमा शिशिर बुढाथोकीको निर्देशनमा भिडियो तयार गरिएको छ । गीतमा दिपेन्द्र गिरी र आभा थापाको अभिनय रहेको छ ।

भिडियो- https://www.youtube.com/embed/yLDOlRa3vak?si=jRXv66vNByTgfNi7

सम्बन्धित समाचार