नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ फागुन ।
गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द तथा संगीत रहेको छ ।
विक्रम चौहानको निर्देशनमा रहेको गीतको भिडियोलाई विशाल निरौलाले सङ्गीत संयोजन गर्नुभएको हो । गीतको भिडियो लाई के आई डि मिडियाले बजारमा ल्याएको हो ।
गीतको भिडियोमा विक्रम बुढाथोकी र रिना गुरुङको अभिनय रहेको छ । बुद्ध थापाको छायाङ्कन रहेको भिडियोमा दृश्य सम्पादन मिलन विश्वकर्माले गर्नुभएको हो ।
भिडियो : https://www.youtube.com/embed/ZePZURj_HL4?si=3pHmRIEWq4K4fvnb