नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ चैत ।


मृत अवस्थामा देशका विभिन्न स्थानबाट पाँच जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-९ तीलगंगास्थित बागमती खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै सर्लाही , बरहथवा नगरपालिका-१४ सैदपुरस्थित सडकको छेउमा रहेको पिपलको चौतारा मुनी हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस्तै हुम्ला, सिमकोट गाउँपालिका-६ माथिल्लो गाउँ बस्ने ४८ वर्षीय देव सिंह रावत सोही गाउँपालिका-६ लाङलास्थित सडक नजिक बुधबार मृत अवस्थामा फेला परेका छन् ।
उता पर्सा, वीरगंज महानगरपालिका-३२ रामवन बस्ने ५० वर्षीय नथुनि मुखीया भन्ने भूक भूकवा आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यता सिरहा, भगवानपुर गाउँपालिका-४ ठाडी बजारस्थित प्रतिक्षालयमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


