काङ्ग्रेसी सम्पर्क मञ्चले गर्यो विचार गोष्ठीको कार्यक्रम

नेपाली काङ्ग्रेस मोरङ काठमाडौं सम्पर्क समितिले आयोजना गरेको विचार गोष्ठी कार्यक्रम काठमाडौंको बत्तीसपुतलीस्थित एक फुडल्याण्डमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा वरिष्ठ नेता डा. शेखर कोइरालाको उपस्थिति रहेको थियो भने विशेष अतिथिका रूपमा डा.मिनेन्द्र रिजाल, एनपी साउद, गुरुराज घिमिरेलगायतको सहभागिता रहेको थियो ।



कार्यक्रममा बोल्दै नेता गुरुराज घिमिरले पार्टीलाई जनमुखी बनाउन आवश्यक रहेको उल्लेख गर्दै वर्तमान नेतृत्वले सबैलाई समेट्न नसकेको धारणा राखे । उनल्ऽे भने, ‘शेखर कोइरालाको नेतृत्व अबको आवश्यकता हो, त्यसैले हामी सबै त्यसतर्फ लाग्नुपर्छ ।’

प्रमुख अतिथि शेखर कोइरालाले पार्टीको महाधिवेशन २०८२ सालभित्रै हुनुपर्ने कुरामा जोड दिँदै सामाजिक सञ्जालमार्फत व्यापक प्रचार गर्न कार्यकर्ताहरुलाई निर्देशन दिए ।

प्रमुख अतिथि कोइरालाले थपे, ‘पार्टी सरकारमा भए पनि जनताको आकाङ्क्षा पूरा गर्न सकेको छैन । त्यसले पार्टीप्रति जनआक्रोश बढ्दो छ । यसलाई समयमै सम्बोधन गर्नुपर्छ, अन्यथा विभिन्न शक्तिहरूले फाइदा उठाउन सक्नेछन् ।’ उनले नेतृत्वलाई समयमै सचेत रहन पनि आग्रह गरे ।

सम्बन्धित समाचार