मृत अवस्थामा पाँच जना फेला

मृत अवस्थामा देशका विभिन्न स्थानबाट पाँच जना फेला परेका छन् । भक्तपुर, मध्यपुर थिमी नगरपालिका-९ बोडे निलबाराहीस्थित पिकनिक स्पटको पार्किङस्थलमा भक्तपुर बोडे बस्ने खोटाङ कविलाशगढी गाउँपालिका-२ घर भएका ६६ वर्षीय ओमप्रकाश राई आइतबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै सुनसरी, बराहक्षेत्र नगरपालिका-१ बराहक्षेत्र मन्दिर परिसर भित्र हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस्तै चितवन, भरतपुर महानगरपालिका-१ नारायणी नदी किनारमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ६० वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।

उता पर्वत, कुश्मा नगरपालिका-११ सिल्मी कुखुरेस्थित दोविल्ला गगटे कच्ची सडकको नालीमा सोही नगरपालिका-११ सुनटारी बस्ने ६१ वर्षीय धन बहादुर नेपाली आइतबार मृत अवस्थामा फेला परेका छन् । यता कास्की, पोखरा महानगरपालिका-१ नयाँगल्ली डेरा गरी बस्ने बाग्लुङ गल्कोट नगरपालिका-४ घर भएका २५ वर्षीय सितल सुवेदी आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार