एभरेस्ट स्कुलका ससाना छात्रछात्राहरु दीक्षित

भक्तपुरको एउटा स्कुलका ससाना नानीबाबुहरु शुक्रबार एक समारोहवीच दीक्षित भएका छन् ।

एभरेस्ट भक्तपुर स्कुलमा एसकेजीमा अध्ययनरत ५० जना नानीबाबुहरु दीक्षित भएका हुन् । उनीहरुलाई गाउनसहितको विशेष पोशाक लगाउन दिएर दीक्षित गरिएको हो ।



त्यस अवसरमा स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्यलगायतले नानीबाबुहरुको हौसलालाई वढाउन यस्ता कार्यक्रम आवश्यक भएको बताए ।

कार्यक्रममा विद्यार्थीहरुले नाचगान पनि गरेका थिए । साथै अभिभावकले स्वागत गरेका थिए ।

सम्बन्धित समाचार