नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ चैत ।
विगत चार वर्षदेखि ‘कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूला नाराका साथ हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं संस्करण सम्पन्न भएको छ । विमोन्स एरा मिडिया ग्रुप नेपालको प्रस्तुति रहेको यो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड–२०८१ थाइल्याण्डको बैंकक र नेपालको काठमाडौंमा गरी सम्पन्न भएको हो ।
थाइल्याण्डको बैंककमा विशेष समारोहबीच केही दिनअघि सम्पन्न भएको अवार्ड काठमाडौंमा पनि एक विशेष कार्यक्रमको आयोजनागरी शनिबार मैजारो गरिएको हो । थाइल्याण्डमा विभिन्न कारणवस नजानु भएका स्रष्टा सर्जकलाई आयोजकले काठमाडौंमा विशेष कार्यक्रमगरी सम्मान तथा अवार्ड अर्पण गरिएको जनाइएकोे छ ।
बैंकको कार्यक्रममा गैरआवसीय नेपाली संघ (एनआरएनए) थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेतको प्रमुख आतिथ्यता र थाइल्याण्डमा रहेर लामो समयदेखि व्यवसाय गर्दै आउनुभएका सामाजिक व्यक्तित्व सुनील खड्काको विशेष आतिथ्यता तथा थाइल्यण्डमा रहेर विभिन्न क्षेत्रमा काम गर्दै आउनुभएका अन्य व्यक्तित्वको अतिथिमा कार्यक्रम भएको थियो भने नेपालमा पूर्वप्रहरी प्रमुख एवं सामाजिक अभियन्ता सर्वेन्द्र खनाल र अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङको विशिष्ट अतिथ्यतामा अवार्ड समारोह सम्पन्न भएको थियो ।
समारोहमा वरिष्ठ सर्जक खड्ग गर्बुजालाई दीर्घसाधना सम्मान अर्पण गरिएको थियो । उहाँलाई नगद राशीसहित दीर्घसाधना सम्मान अर्पण गरिएको थियो ।
आठ सयभन्दा धेरै गीत गाउनुभएका गर्बुजाका धेरै गीत लोकप्रिय छन् । सो अवसरमा आफ्ना भनाइ राख्दै उहाँले गीत पनि गाउनुभएको थियो । सायद हिृवलचेयरमा चढेर देश विदेशका मञ्चमा माइक समाउन पुग्ने आफू नेपालको पहिलो गायक भएको बताउँदै उहाँले यो सम्मानले अझ बढी जिम्मेवारी थपेको बताउनुभयो ।
समारोहमा हिमालय टाइम्स दैनिकका सम्पादक सन्दीप पौ्यड्याल, म्युजिक खबरका सुमन वैरागी र रिना श्रेष्ठलाई पत्रकारिता सम्मान अर्पण गरिएको थियो भने गायिका शोभा पाण्डे, फेशन डिजाइनर विभूषित रिमाल र राजु भट्टराईलाई सम्मान अर्पण गरिएको थियो ।