त्रिविमा पोष्ट ग्राजुएट डिप्लोमा इन सस्टेनेवल विजनेस म्यानेजमेण्ट कोर्ष शुरु हुने

त्रिवि व्यवस्थापन संकायअन्तर्गत स्कूल अफ म्यानेजमेण्टले पोष्ट ग्राजुएट डिप्लोमा इन सस्टेनेवल विजनेस म्यानेजमेण्ट कोर्ष यही शैक्षिक शत्रदेखि सुरु गरेको छ ।

UPF-Barcelona School of Management -UPF–BSM, स्पेनको सहयोगमा PGDSBM को पाठ्यक्रम तयार गरिएको हो । यस कार्यक्रमका निम्ति PGDSBM र SOMTU बीचको सहकार्यको निम्ति इन्भेष्ट फर इम्प्याक्ट नेपाल (IIN) ले सहयोग गरेको छ । PGDSBM कार्यक्रमले दिगो विकासका लागि वातावरणीय, सामाजिक तथा सुशासन (Environmental, Social, and Governance – ESG) लगायतका विषयहरूलाई समेटेको छ ।



PGDSBM कार्यक्रम अध्ययन र व्यावहारिक आयामहरुलाई संयोजन गर्ने एवं विशेष गरी दिगो व्यवसाय तथा विकासमा नवप्रवर्तनमा रुची राख्ने पेशाकर्मीहरूको लागि लक्षित गरी निर्माण गरिएको हो । PGDSBM कार्यक्रमको उद्देश्य पेशाकर्मीहरूलाई दिगो अर्थतन्त्र एवं स्थिर भविष्यतर्फ पाइला चाल्न आवश्यक ज्ञान तथा क्षमता प्रदान गर्नु हो । यस कार्यक्रमले नेपाली व्यवसायिक क्षेत्रलाई अन्तर्राष्ट्रीयकरण गर्न सक्षम बनाउनुका साथै दिगो व्यवसाय सञ्चालन गर्न मद्दत गर्नेछ ।

PGDSBM कार्यक्रमले सैद्धान्तिक ज्ञानलाई व्यावहारिक अनुप्रयोगहरूसँग जोड्दै विद्यार्थीहरूलाई दिगोपनका चुनौतीहरू र अवसरहरूको बारेमा आवश्यक ज्ञान तथा सीप प्रदान गर्दछ । व्यवहारिक पाठ्यक्रम, वास्तविक परियोजनाहरू र विशेषज्ञहरुको निर्देशनहरूद्वारा PGDSBM कार्यक्रमले विद्यार्थीलाई आफ्नो संस्था एवं समाजमा अर्थपूर्ण योगदान गर्ने गरि तयार गर्दछ । यस कार्यक्रमका कक्षाहरु सप्ताहन्तमा संचालन हुनेछन् ।

स्नातक उतीर्ण र कम्तिमा दुई वर्षको कार्य–अनुभव भएका ईच्छुक व्यक्तिहरुले यस कार्यक्रममा आवेदन दिन सक्नेछन् ।

कार्यक्रममा छनौट हुनका लागि GMAT मा आधारित प्रवेश परीक्षा उतीर्ण गरी अन्य आवश्यक प्रक्रियाहरु पूरा गर्नु पर्नेछ । एकवर्ष समयावधि एवं ३० क्रेडिट भएको यो कोर्ष सेमिनार, केश अध्ययन तथा स्थलगत अध्ययन आदि माध्यमबाट अध्ययन–अध्यापन गरिनेछ ।

PGDSBM बारेको जानकारि पुस्तिका https://somtu.edu.np/downloads बाट प्राप्त गर्न सकिन्छ । पोष्ट ग्राजुएट डिप्लोमा इन सस्टेनेवल विजनेस म्यानेजमेण्टको निम्ति २०८१ वैशाख २१ गतेभित्र www.somatmba.com बाट निवेदन दिन सकिनेछ भने २०८१ वैशाख २२ गते प्रवेश परीक्षा संचालन हुनेछ ।

सम्बन्धित समाचार