

शुक्रबारको तुलनामा आज अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा रु छ सयले सुनको मूल्य घटेको हो भने चाँदीको मूल्य भने स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ८४ हजार २०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी रु एक हजार ९४५ मा बेचबिखन भइरहेको छ ।
शुक्रबार प्रतितोला सुन रु एक लाख ८४ हजार ८०० र त्यति नै परिमाणको चाँदी रु एक हजार ९४५ मा खरिदबिक्री भएको थियो ।

