नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ जेठ ।


साताको कारोबारको पहिलो दिन आज एक तोला सुनको मूल्य रु एक लाख ९१ हजार ८०० कायम भएको छ । गत शुक्रबार सोही परिमाणको पहेँलो धातु रु एक लाख ९० हजार ४०० मा कारोबार भएको थियो ।
शुक्रबारको तुलनामा आज एक तोला सुनको मूल्य रु एक हजार ४०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला चाँदी रु दुई हजार पाँच मा खरिदबिक्री हुनेछ ।
गत शुक्रबार पनि एक तोला चाँदी रु दुई हजार पाँच मा कारोबार भएको थियो ।
