ह्वात्तै बढ्यो सुनको मूल्य, आज कति पुग्यो तोलाको ?

गत मङ्गलबारदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु चार हजार २०० ले वृद्धि भएको छभने चाँदीमा रु १५ ले बढोत्तरी भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९७ हजार १०० कायम भएको छ भने एक तोला चाँदी रु दुई हजार १६५ मा कारोबार भइरहेको छ । यसअघि बिहीबार सुनको मूल्य एक लाख ९२ हजार नौ सय रुपैयाँ थियो।

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ४२७ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सम्बन्धित समाचार