१६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियाको बारबर्दिया नगरपालिका-१० बैदी डेरा गरी बस्ने सोही नगरपालिका-८ थानफेना घर भएका १९ वर्षीय बसन्त बिसीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बसन्तले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय जयनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार