नवकान्तिपुर संवाददाता
काठमाडौं, १० असार ।


सरकारले भिजिट भिसा प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । सोमबार साँझ प्रधानन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्व मुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।
बैठकले वैरागीको नेतृत्वमा छानबिन समिति गठन गरेको र समितिलाई तीन महिनाभित्र प्रतिवेदन बुझाउने समय पनि दिइएको एक मन्त्रीले बताए ।
समितिमा गृह मन्त्रालय,श्रम मन्त्रालय र पर्यटन मन्त्रालयका सहसचिव रहनेछन् ।

