जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

ललितपुरको गोदावरी नगरपालिका-१४ हाडेगाउँ बस्ने ४६ वर्षीय मदन लामाको चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा मदन समेत चार जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७५ हजार ५ सय ५० रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार