नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ असार ।


अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य बढेको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारको तुलनामा आज एक तोला सुनको मूल्य रु तीन सयले बढेको हो ।
चाँदी मूल्य पनि रु ३५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९२ हजार ३०० कायम भएको छ । बुधबार सुनको मूल्य तोलामा एक लाख ९२ हजार रुपैयाँ कायम भएको थियो ।
आज चाँदी भने प्रतितोला रु दुई हजार ७५ मा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य दुई हजार १४० मा कारोबार भएको महासंघले जनाएको छ ।

