सुनको मूल्य घट्यो, आज कति पुग्यो तोलाको ?

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा घटेको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बिहीबारको तुलनामा आज एक तोला सुनको मूल्य रु दुई हजार नौ सयले घटेको हो ।

चाँदी मूल्य पनि रु १० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ८९ हजार ४०० कायम भएको छ । बिहीबार सुनको मूल्य तोलामा एक लाख ९२ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

आज चाँदी भने प्रतितोला रु दुई हजार १६५ मा कारोबार भइरहेको छ । बिहीबार चाँदीको मूल्य दुई हजार १७५ मा कारोबार भएको महासंघले जनाएको छ ।

सम्बन्धित समाचार