पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढ्यो, कति पुग्यो लिटरको ?

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले सोमबार मध्यराति १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर रु पाँचले वृद्धि गरेको छ ।

यस्तै, मट्टितेल र डिजेलमा प्रतिलिटर रु चारले वृद्धि गरेको छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर रु १६५ पुगेको छ भने डिजेल र मट्टितेल प्रतिलिटर रु १४९ पुगेको छ । इण्डियन आयल निगमले सोमबार पठाएअनुसार यहाँ मूल्यवृद्धि गरिएको जनाइएको छ ।

यस्तै, हवाई इन्धन अन्तरराष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ५१ ले वृद्धि भएको निगमले जनाएको छ ।

सम्बन्धित समाचार