सुनको मूल्य घट्यो, आज कति पुग्यो तोलाको ?

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा घटेको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । मंगलबारको तुलनामा आज एक तोला सुनको मूल्य रु एक हजार तीन सयले घटेको हो ।

चाँदी मूल्य पनि रु १५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९२ हजार कायम भएको छ । मंगलबार सुनको मूल्य तोलामा एक लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

आज चाँदी भने प्रतितोला रु दुई हजार २६० मा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मूल्य दुई हजार २७५ मा कारोबार भएको महासंघले जनाएको छ ।

सम्बन्धित समाचार