नवकान्तिपुर संवाददाता
काठमाडौं, ३२ असार ।


देशका विभिन्न स्थानबाट मृत अवस्थामा पाँच जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-१४ कुलेश्वर डेरा गरी बस्ने भारत सिकिम घर भएका ४४ वर्षीय उदय चन्द्र राई आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै कैलालीको घोडाघोडी नगरपालिका-२ साडेपानीस्थित सडक छेउमा हाल नाम, थर र वतन नखुलेको अन्दाजी ६० वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस्तै बाँकेको राप्तीसोनारी गाउँपालिका-४ अण्डरपुर बस्ने ६१ वर्षीया साबित्री बस्नेत सोही ठाउँस्थित बाटो छेउमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
यता रूपन्देही, बुटवल उपमहानगरपालिका-१२ चारपाला सामुदायिक वनस्थित गुहेश्वरी खोलाको छेउमा सैनामैना नगरपालिका-१० सालझण्डी बस्ने ७८ वर्षीय भिम प्रसाद पाण्डे मंगलबार मृत अवस्थामा फेला परेका छन् । उता सर्लाही, हरिपुर नगरपालिका-१ जानकी नगर टोल बस्ने दिनेश यादवको छोरा ६ वर्षीय सुशान्त यादव सोही ठाउँस्थित खाल्डोमा जमेको पानीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

