सुनको मूल्य बढ्यो, आज कति पुग्यो तोलाको ?

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य बढेको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बिहीबारको तुलनामा आज एक तोला सुनको मूल्य रु दुई सयले बढेको हो ।

चाँदी मूल्य पनि रु १५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९२ हजार ५०० कायम भएको छ । बिहीबार सुनको मूल्य तोलामा एक लाख ९२ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

आज चाँदी भने प्रतितोला रु दुई हजार २८० मा कारोबार भइरहेको छ । बिहीबार चाँदीको मूल्य दुई हजार २६५ मा कारोबार भएको महासंघले जनाएको छ ।

सम्बन्धित समाचार