नवकान्तिपुर संवाददाता
काठमाडौं, २ साउन ।


सिरहाको सुखीपुर नगरपालिका-४ पोखरिया बस्ने ६० वर्षीय मेदि यादवको घरबाट अवैध लागूऔषध गाँजा करिब ७ सय १७ किलो ६ सय ग्राम शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी सिलौर्वापछवारी समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा २७ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।
प्रहरीले हाल फरार मेदिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

