मृत अवस्थामा सात जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा सात जना फेला परेका छन् । संखुवासभा, खाँदबारी नगरपालिका-९ डुम्रे बस्ने ३२ वर्षीया अमृता कुमाल माझी सोही ठाउँस्थित जंगलमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।

त्यस्तै मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१४ डिठ्ठा खोलाको बगरमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस्तै रसुवा, आमाछोदिङमो गाउँपालिका-५ पाताङगाङ बस्ने ४७ वर्षीय सुनाम दोर्जे तामाङ सोही ठाउँस्थित भिरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

उता पर्सा, वीरगंज महानगरपालिका-१६ भन्सार कार्यालायको छेउमा सुनसरी घर भएका ५० वर्षीय कृष्ण सुबेदी शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यता डोल्पा, ठुली भेरी नगरपालिका-३ ढोकाभिरस्थित बाटोमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३६ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी मकवानपुर, मनहरी गाउँपालिका-८ बगर टोल बस्ने ६० वर्षीय कृष्ण बहादुर प्रजा सोही गाउँपालिका-८ पिसपार्कस्थित पेटीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी सप्तरी, राजबिराज नगरपालिका-११ झल्हीस्थित बाटो छेउमा सोही नगरपालिका-१ डुम्री बस्ने ५० वर्षीया हकली देवी राम बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार