२३ वर्षीया महिला र १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

देशका विभिन्न स्थानबाट जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पाल्पा, रामपुर नगरपालिका-७ बस्ने ५२ वर्षीय खुम बहादुर क्षेत्रीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

खुम बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । त्यस्तै १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ मिक्लाजुङ गाउँपालिका-९ वानडाँडा बस्ती बस्ने २४ वर्षीय पदम दर्जीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पदमले ती किशोरीलाई झापाको दमक नगरपालिका-३ स्थित छाप्रामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई दमक नगरपालिका-५ बाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार