मृत अवस्थामा आठ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा आठ जना फेला परेका छन् । तनहुँको भानु नगरपालिका-७ थापागाउँस्थित सडक छेउमा भानु नगरपालिका-४ कमलबोटे ५९ वर्षीय तपु तामाङ शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै झापाको हल्दिवारी गाउँपालिका-५ चारघरे बस्ने ८० वर्षीय भिम बहादुर बिष्ट सोही ठाउँस्थित भुतेनी खोलामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस्तै मोरङको कटहरी गाउँपालिका-१ बस्ने ६२ वर्षीय बुद्दिराम माझी सोही ठाउँस्थित खेतमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी मोरङको बुढीगंगा गाउँपालिका-२ थानपट्टीस्थित सडक छेउमा खोटाङ खोटेहाङ गाउँपालिका-६ बस्ने ५६ वर्षीय रमेश परियार शुक्रबार मृत अवस्थामा फेला परेका छन् । उता कञ्चनपुर, पुनर्वास नगरपालिका-१० विकास बस्तीस्थित दोदा नदीमा सोही नगरपालिका-२ दशरथ बस्ती बस्ने २१ वर्षीया कमला खाती शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।

यता सोलुखुम्बु, माप्य दुधकोशी गाउँपालिका-६ चोस्मी बस्ने ६१ वर्षीय नर बहादुर मगर सोही ठाउँस्थित गोरेटो बाटोमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी बाँके, खजुरा गाउँपालिका-३ मानपुरस्थित बाटोमा सोही ठाउँ बस्ने ४२ वर्षीय राकेश कमोचार्य शनिबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै सुनसरी, दुहबी नगरपालिका-२ फरवर्ड टोलस्थित सडक छेउमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार