नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ साउन ।


देशका विभिन्न स्थानबाट मृत अवस्थामा तीन जना फेला परेका छन् । तनहुँको भिमाद नगरपालिका-६ कुमार चोकस्थित सेती नदी किनारमा कास्की पोखरा महानगरपालिका-३२ बस्ने दिपक लामाको छोरा ११ वर्षीय आख्यान लामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै बाँकेको कोहलपुर नगरपालिका-६ स्थित सिक्टा नहरमा सोही नगरपालिका-६ प्रगतीनगर डेरा गरी बस्ने कालिकोट महावै गाउँपालिका-१ घर भएकी २१ वर्षीया चन्द्रा शाही शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी बाँकेको कोहलपुर नगरपालिका-११ बस्ने ७० वर्षीया खिर्मा जैशी सोही ठाउँस्थित दश बिगाह उत्तर गेट नजिकै सडक छेउमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

