नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ साउन ।


बाजुराको हिमाली गाउँपालिका-५ क्यूडीस्थित सडकमा कुवाडीबाट क्यूडीतर्फ जाँदै गरेको बा.प्र.०३-००१ ज ०३३८ नम्बरको जिप सडकबाट करिब २ सय ५० मिटर तल खसेर बिहीबार बिहान दुर्घटना हुँदा जिपमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा सोही गाउँपालिका-५ सुन्नीबाडा बस्ने ६० वर्षीया बाचा रोकाया, ६५ वर्षीया बिजौरा रोकाया र सोही गाउँपालिका-५ क्यूडी बस्ने ३५ वर्षीया जुनेली रोकाया रहेका छन् । साथै दुर्घटनामा घाइते भएका जिप चालक समेत १८ जना मध्ये १० जनाको कोल्टी अस्पताल बुढीनन्दामा, ४ जनाको कर्णाली प्रादेशिक कालागाउँमा र एक जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने तीन जनालाई थप उपचारको लागि सुर्खेततर्फ पठाइएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

