नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ साउन ।


१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पर्वतको जलजला गाउँपालिका-८ बस्ने २० वर्षीय समुन्द्र जिसीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
समुन्द्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

