नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ साउन ।


देशका विभिन्न स्थानबाट मृत अवस्थामा चार जना फेला परेका छन् । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-८ गोल्फुटार डेरा गरी बस्ने काठमाडौं महानगरपालिका-२६ सामाखुशी घर भएकी ६७ वर्षीया कृष्णदेबी श्रेष्ठ आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
त्यस्तै सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-२ दमाकशरस्थित भेरी नदीको किनारमा रूकुम पश्चिम सानोभेरी गाउँपालिका-४ आलचौर बस्ने ३३ वर्षीय धनबिर विक आइतबार मृत अवस्थामा फेला परेका छन् । यस्तै रौतहटको दुर्गा भगवती गाउँपालिका-१ स्थित उखु बारीमा सर्लाही रामनगर गाउँपालिका-३ बस्ने ६० वर्षीय रामजन्म दास आइतबार मृत अवस्थामा फेला परेका छन् ।
उता झापाको भद्रपुर नगरपालिका-१ तुलसी चोक बस्ने ६८ वर्षीया ओसत राई सोही ठाउँस्थित पलासको रूख मुनि आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

