सिन्धुलीमा बेपत्ता भनिएका हायू परिवार प्रहरीको सम्पर्कमा (अपडेट)

सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, बिखर कटेरी छेत्पाबाट एउटै परिवारका १६ जना सदस्य सम्पर्कविहीन भएको भनिए पनि उनीहरु आज जिल्ला प्रहरी कार्यालय पोखराको सम्पर्कमा आएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार सबैजना प्रहरीको सम्पर्कमा आएका हुन् ।

५२ वर्षीया उर्मिला हायूको परिवारका सबै सदस्यहरू शनिबार बेलुका इभी गाडी रिर्जभ गरेर पोखरा घुम्न गएको भन्ने सूचना प्राप्त भएको उहाँले जानकारी दिनुभयो । सोमबार दिउँसोसम्म उक्त घरमा कोही पनि नदेखिएपछि स्थानीय र प्रहरीले खोजतलास गरेका थिए ।

अझै सम्पर्कमा आएका छैनन् हायू परिवार, शून्य छ आँगन

सम्बन्धित समाचार