मृत अवस्थामा तीन जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा तीन जना फेला परेका छन् । पर्साको ठोरी गाउँपालिका-४ स्थित पर्सा राष्ट्रिय निकुञ्जको बखारी खोलाको किनारमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै मोरङको बुढीगंगा गाउँपालिका-७ तिलाढीस्थित रामजानकी मन्दिरको प्यासेजमा हाल नाम, थर वतन नखुलेका अन्दाजी ७५ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै दाङ, लमही नगरपालिका-७ नयाँबस्ती बस्ने ५७ वर्षीय श्यामलाल चौधरी सोही ठाउँस्थित छिमेकीको घर पछाडी बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार