करेन्ट लागेर तीन जनाको मृत्यु

देशका विभिन्न जिल्लामा करेन्ट लगेर तीन जनाको मृत्यु भएको छ । सर्लाहीको चक्रघट्टा गाउँपालिका-९ खोरिया बस्ने ३८ वर्षीय दिनेख ठाकुरको करेन्ट लागेर शनिबार बेलुकी मृत्यु भएको छ ।

बरहथवा नगरपालिका-१५ पिपरा भिट्टास्थित वर्क सपमा ग्रिलको काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको नगर अस्पताल बरहथवामा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै रौतहटको ईशनाथ नगरपालिका-४ महुलिया टोल बस्ने ५० वर्षीय समिला खातुनको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ ।

सोही ठाउँस्थित धानबारीमा धान गोड्ने क्रममा मोटरमा जडान गरेको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै बैतडीको डिलासैनी गाउँपालिका-३ गिरिबगर बस्ने केशव कोलीको छोरा १३ वर्षीय किरण कोलीको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ ।

सोही ठाउँस्थित डिन्नीगढ खोलामा बालुवा संकलन गर्दै गरेको अवस्थामा विद्युतको पोलमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएका उनको मालिकार्जुन अस्पताल गोकुलेश्वर दार्चुलामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार