नवकान्तिपुर संवाददाता
काठमाडौं, २० साउन ।


सुनसरीको कोशी गाउँपालिका-८ भिमनगरबाट नेपाली १ हजार दरका ३८ थान नक्कली नोट सहित दुई जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सप्तरी हनुमान कंकालिनी गाउँपालिका-१ बस्ने २५ वर्षीय राजेश चमार रजक र सोही गाउँपालिका-२ बस्ने २५ वर्षीय राजेश कुमार रजक रहेका छन् । इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएको प्रहरीले लु.९२ प २३८० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नोट सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

