५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियाको बढैयाताल गाउँपालिका-६ खल्ला गाउँ बस्ने ४२ वर्षीय दिनेश थारूलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

थारूले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार