वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र महासचिव विप्लवबीच भेटवार्ता, के भयो कुराकानी ?

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच बुधबार पार्टी एकताबारे छलफल भएको छ ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठको हात्तीवनस्थित निवासमा भएको भेटघाटमा समसामयिक राजनीतिक परिस्थिति, नेपालको कम्युनिष्ट तथा क्रान्तिकारी आन्दोलन, राष्ट्रियता र पार्टी एकताको सम्भावनासहित विविध विषयमा विचार विमर्श भएको थियो ।

सम्बन्धित समाचार