मृत अवस्थामा चार जना फेला

देशका विभिन्न स्थानमा भएको मृत अवस्थामा चार जना फेला परेको छ । ललितपुरको गोदावरी नगरपालिका-७ सामाखेतस्थित बागमती खोलाको किनारमा हाल नाम, थर र वतन नखुलेका पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै प्युठानको नौबहिनी गाउँपालिका-५ उपल्लो बसाई बस्ने गणेश खत्रीको छोरा ७ वर्षीय मनोज खत्री आफ्नै घर नजिकै रहेको बाख्राको खोरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी प्युठानको प्युठान नगरपालिका-१० हाडीगैरा बस्ने ३२ वर्षीया अन्जली नेपाली आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।

यस्तै अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-१ बस्ने ४६ वर्षीय लोक बहादुर घर्ती आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार