आर्यघाटमा शवबाट हड्डी निकालेको आरोपितलाई सात दिन म्याद थप

पशुपतिनाथस्थित आर्यघाटमा जलिरहेको शवबाट हड्डी निकाल्ने प्रयासमा संलग्न अभियोगमा पक्राउ परेका दुई जनालाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले सात दिन म्याद थपको अनुमति दिएको छ ।

यही साउन २३ गते पशुपति आर्यघाट–२ नम्बर चितामा शव जलाउने क्रममा जल्दै गरेको शवबाट हड्डी निकाली अन्यत्र लैजाने उद्देश्यले बट्टामा राखेको भन्ने विषयमा वाद–विवाद भई अभद्र व्यवहार गरेकाले नियन्त्रणमा लिइएका दुई जनालाई सोमबार जिल्ला प्रशासन कार्यालयले सात दिन म्याद थपको अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता कुलदीप चन्दले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हड्डी निकाल्ने प्रयासमा संलग्न अभियोगमा काभ्रे मन्डनदेउपुर–५ घर भई पशुपतिस्थित गौरीघाट बस्ने ६१ वर्षीय गणेशप्रसाद ढकाल भन्ने जीवनाथ ढकाल र उदयपुर कटारी–८ घर भई काठमाडौँ गोठाटार बस्ने २४ वर्षीय विनायक मैनालीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिइएका दुवै जनालाई अभद्र व्यवहार गर्न नहुने कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पशुपतिको आर्यघाटमा जल्दै गरेको शवबाट हड्डी निकालेको आरोपमा दुई जना पक्राउ

सम्बन्धित समाचार