नृत्य निर्देशक संघ नेपालको दशौं वार्षिकउत्सव सम्पन्न  

नृत्य निर्देशक संघ नेपालको दशौं स्थापन दिवसको अवसरमा नि:सहाय जेष्ठ नागरिकहरुलाई भोजन गराई कार्यक्रम २०८२ साउन २६ गते सम्पन्न गरेको छ ।

अध्यक्ष भुवन दास श्रेष्ठज्युको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रका प्रमुख अतिथि नृत्य सम्राट भैरव बहादुर थापा रहनु भएको थियो ।



विशेष अतिथिमा संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका नृत्य विभाग प्रमुख बखत बहादुर हमाल,  नृत्य निर्देशक संघ नेपालका केन्द्रीय सल्लाहकार तथा वरिष्ठ चलचित्र नृत्य निर्देशक राजु शाह, वरिष्ठ नृत्य निर्देशक  तथा केन्द्रीय सल्लाहकार डा. आरसी कोइराला “रामचन्द्र”, वरिष्ठ नृत्य निर्देशक  तथा केन्द्रीय सल्लाहकार जोगेन्द्र केसी, कानुनी सल्लाहकार सन्तोष रानामगर उपस्थित कार्यक्रमको  कार्यसमिति सदस्य प्रमिला ढकालको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रम संघका सचिव रवि रानामगरले सञ्चालन गर्नुभएको थियो ।

उक्त कार्यक्रममा केन्द्रीय पदाधिकारीहरु,काठमाडौं जिल्ला शाखा, भक्तपुर जिल्ला शाखाको बाक्लो उपस्थिति रहेको थियो ।

काठमाडौंको तिनकुनेमा रहेको नि: सहाय सेवा सदनमा रहेका  पचास भन्दा  धेरै आमा-बुबाहरुलाई खाना ख्वाउने कार्य गरि कार्यक्रम सम्पन्न  भएको आयोजकले जानकारी गराएको छ ।

सम्बन्धित समाचार