नेपालका विशिष्ट महिलाहरुको फोटो प्रदर्शनी हुँदै

सांस्कृतिक संग्रहालय नेपाल र नेपाल ओलम्पिक म्यूजियमको आयोजनामा यही भाद्र २ गतेदेखि काठमाडौंमा नेपालका विशिष्ट महिलाहरुको फोटो प्रर्दशनी हुने भएको छ ।

गत असार १० गतेदेखि आयोजना तय भएर सम्पूर्ण तयारी पूरा भएको विशिष्ठ महिलाहरुको तस्वीर प्रदर्शनी संग्रहालयका अध्यक्ष क्षितिजअरुण श्रेष्ठको असामयिक निधन भएकाले स्थगित भएको थियो ।

भाद्र ५ गतेसम्म बबरमहलस्थित नेपाल आर्ट काउन्सिलको ग्यालरी हलमा आयोजना हुने सो प्रदर्शनीमा नेपाली समाजमा विशिष्ठ योगदान दिएका लगभग ३ सय महिलाहरुको ऐतिहासिक र दुर्लभ फोटाहरु प्रदशनी हुनेछ ।

प्रदशनीमा नेपाली भाषा, साहित्य, इतिहास, खेलकूद, कला, सांस्कृति विज्ञान, व्यवस्थापन लगायत विविध विधामा विशिष्ठ योगदान पु¥याएका महिलाहरुका ऐतिहासिक र रोमाञ्चकारी फोटोहरु अवलोकन गर्न पाइनेछ ।

नेपालको राजनीति–कुटनीतिदेखि खेलकुद सम्मका अधिकांश प्रथम तथा कीर्तिमानधारी महिलाहरुले प्रयोग गरेका सामग्रीदेखि उनीहरुको समर्पण तथा भूमिका समेत प्रर्दशनीले उजागर गर्ने आयोजक संस्थाले जनाएको छ ।

संग्रहालयले यसअघि बिपी कोइराला, कोइराला गणेशमा सिंह, मदन भण्डारी नारायण गोपाल, माओवादी जनयुद्धका दुई दशक, भिन्टेज तथा क्लासिक गाडीहरु समेत प्रर्दशन गरिसकेको छ ।

नासा फाउण्डेसन नेपालसंगको सहकार्यमा हुने प्रदर्शनीलाई सेकुवाबाई किलो, हरिसिद्धि नेवाः सुली, अननेके ब्युटी सलोन, फोटो किङ, जलपा वाटर्स, नींबू पानी तथा एएस रेन्टल सर्भिसको साथ रहेको छ ।

भाद्र २ गते सोमबार दिनको १ बजे शुभारम्म हुने प्रदर्शनी हरेक दिन विहान १० बजेदेखि ५ बजेसम्म संचालन हुनेछ । सो प्रदशनी आधुनिक नेपालमा महिलाको योगदानको जानकारी लिन महत्वपूर्ण अवसर हुने आयोजक संस्थाको विश्वास रहेको छ ।

सम्बन्धित समाचार