

देशका विभिन्न स्थानबाट मृत अवस्थामा १० जना फेला परेका छन् । रामेछापको उमाकुण्ड गाउँपालिका-६ गुप्तेश्वर बस्ने ४० वर्षीय प्रकाश सुनुवार सोही ठाउँस्थित खोल्सामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै कपिलवस्तुको कपिलवस्तु नगरपालिका-१० तेनुवा बस्ने ९५ वर्षीय कल्लु नाउ सोही नगरपालिका-५ स्थित धान खेतमा सोमबार मृत अवस्थामा फेला परेका छन् । यस्तै रौतहटको गौर नगरपालिका-५ स्थित नेपाल लजको कोठा नम्बर २०२ मा सप्तरी कल्याणपुर नगरपालिका-५ बस्ने ५५ वर्षीय उपेन्द्र भगत सोमबार मृत अवस्थामा फेला परेका छन् ।
उता सर्लाहीको ईश्वपुर नगरपालिका-८ मनर्हवास्थित सडकमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । यता रूपन्देहीको तिलोत्तमा नगरपालिका-७ सेमरास्थित कुलोमा सोही नगरपालिका-७ दक्षिणटोला बस्ने ४२ वर्षीय किरण थारू आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी नवलपरासी पूर्वको मध्यबिन्दु नगरपालिका-१२ स्थित नारायणी नदी किनारमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी १० वर्षीय बालक आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-२ चौरीडाँडा बस्ने लाल बहादुर घिसिङको छोरा १२ वर्षीय मिलन घिसिङ सोही ठाउँस्थित गोठमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यता पाल्पाको रिब्दीकोट गाउँपालिका-२ लघुवास्थित गुल्मेली थापा होटेलमा काम गरी बस्ने इलाम घर बताउने ६५ वर्षीय भीम बहादुर गुरूङ सोही होटलमा आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै ओखलढुंगाको मोलुङ गाउँपालिका-४ स्थित घट्टेखोलामा सुनकोशी गाउँपालिका-१० कटुञ्जे स्थित ससुराली घरमा बस्ने रोल्पा घर भएका ६२ वर्षीय चुकेन्द्र बुढा मगर आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिका-३ बैबाहटोल बस्ने ६० वर्षीय मोहन डगौरा सोही ठाउँस्थित धानखेतमा आइतबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
