सवारी दुर्घटनामा तीन जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बाँकेको कोहलपुर नगरपालिका-११ धिताल पेटोल पम्पस्थित सडकमा भे.१२ प १४८५ नम्बरको मोटरसाइकल मंगलबार बेलुकी दुर्घटना हुँदा चालक सोही नगरपालिका- १० कालिका नगर बस्ने ५९ वर्षीय टोल प्रसाद कोईरालाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै झापाको बुद्धशान्ति गाउँपालिका-४ बर्नेस्थित सडकमा बीआर ५५८५०० नम्बरको स्कारपियो र प्र.१-०१-०१६ प ३६६१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका-१ बस्ने ४६ वर्षीय ठाकुर अधिकारीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । स्कारपियो चालकलाई प्रहरीले
नियन्त्रणमा लिएको छ । यस्तै काभ्रेको पाँचखाल नगरपालिका-५ केराघारीस्थित सडकमा ना.७ ख ७२१४ नम्बरको ट्रकले बा. ९३ प ११७० नम्बरको मोटरसाइकललाई मंगलबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक चौरीदेउराली गाउँपालिका-८ बस्ने ३५ वर्षीय रूपेस खरेलको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार